भक्तपुर २ मा एमालेका महेश बस्नेतको अग्रता


२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं: भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विवादका कारण दिनभर मतगणना सुरु हुन नसकेको सो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।

Mahesh Basnet

पछिल्लो गणना अनुसार एमालेका महेश बस्नेत ६६५ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका दमननाथ ढुंगानाले ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ११ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७