इलाम–१ मा खनालको अग्रता, यस्तो छ (मतसहित)


२२ मंसिर २०७४, शुक्रबार

इलाम: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ ।JN Khanal

दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७