मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता ,यस्तो छ नतिजा


२२ मंसिर २०७४, शुक्रबार
lalbabu pandit

विराटनगर: मोरङको छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।lalbabu pandit

क्षेत्र नं १ मा नेकपा(एमाले)का घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छ नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले आठ हजार ९८४ मत प्राप्त गरेको छ । क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेलले सात हजार १४६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका डा मीनेन्द्र रिजालले छ हजार ७०७ मत प्राप्त गरेको छ ।

क्षेत्र नं ३ मा एमालेकै भानुभक्त ढकालले सात हजार १४६ मत प्राप्त गर्दा काँग्रेसका सुनील शर्माले छ हजार ७०७ मत गरेको छ । क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले सात हजार २४ मत लिई अग्रता कामय गरेको छ भने काँग्रेसका महेश आचार्यले पाँच हजार ०४२ मत प्राप्त गरेको छ ।

क्षेत्र नं ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार ७८९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका अमृतकुमार अर्यालले तीन हजार २१८ मत प्राप्त गरेको छ । क्षेत्र नं ६ मा एमालेका लालबावु पण्डितले १३ हजार ७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका डा शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७