महानगरपालिकाले ‘नक्कली’ कागजात बनाएर खुलामञ्च बेचेको कागजपत्र फेला, विभागीय प्रमुखकै भेटियो हस्ताक्षर


१३ बैशाख २०७६, शुक्रबार
kirte

काठमाडौं, १३ बैसाख । काठमाडौंको खुल्ला मञ्च अतिक्रमण र विक्री भएको कुराको चर्चा चुलिइरहेका बेला महानगरपालिकाले नै ‘नक्कली’ कागजात बनाएर खुल्ला मञ्च विक्री गरेको कागजात फेला परेको छ ।

महानगरपालिकाले ‘कीर्ते’ कागजात बनाएर ठेकेदार कम्पनीलाई खुल्ला मञ्च विक्री गरेको तथ्य खुलासा भएको हो । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा फरक–फरक रहेको पाइएको छ ।
एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ ।

सहमतिको नवौं बुँदामा लेखिएको छ, ‘काठमाडौं महानगरपालिकाले मिति ०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छ ।’ महानगरपालिकासँग भएको अर्को सहमति पत्रमा ‘छ’ लाई केरेमेट गरेर ‘छैन’ भन्ने थपिएको छ । हातले केरेर ‘छैन’ लेखिएको ठाउँमा कसैको हस्ताक्षर छैन ।

sam

जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्ससँग भएको सहमति पत्रको फोटोकपीमा भने केरमेट गरिएको छैन । पत्रमा बकाईदा नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने उल्लेख छ । यी दुई फरक विवरणका कारण महानगरपालिकासँग भएको कागजमा कीर्ते गरिएको खुल्न आउँछ ।

विभाग प्रमुखकै भेटियो हस्ताक्षर
उक्त सहमतिपत्रको कागजातमा महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीको हस्ताक्षर भेटिएको छ । यस्तै ठेकेदार कम्पनीको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालले हस्ताक्षर गरेका छन् ।

तर उक्त कागजातलाई नियाल्दा सो सहमति महानगरमा जनप्रतिनिधि आउनुअघि नै भएको अनुमान लगाउन सकिन्छ । सहमतिमा महानगरका राजश्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन् । बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन् ।

यहि कागजातलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेको पाइएको छ । उनले वार्षिक एक करोड ८२ लाख ५० हजार सटरबाट भाडा उठाउँदै आएका छन् । उनले सार्वजनिक स्थानमा बनाएको प्रतिसटर ११ लाख सलामी लिएर बिक्री गरेको त्यहाँका व्यापारीहरू बताउँछन् । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अग्रिम भुक्तानी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७