मकवानपुर १ मा कमल थापा पछि परे कृष्ण दाहाल अगाडि


प्रकाशित मिति : December 8, 2017

हेटौंडा: मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३२२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा अध्यक्ष थापाले ३ हजार २६७ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सरोज कोइराला छन् । उनले १९० मत पाएका छन्

प्रतिक्रिया दिनुहोस्