सपथ नखादै छापामार शैलीमा कार्यालयको लकर तोडेर माइन्युट कब्जा


१४ बैशाख २०७६, शनिबार
RatanThapa

धनगढी, १४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीका अध्यक्ष रतन थापाले तत्कालिन नेकपा एमालेको कार्यालयको लकर तोडेर १२ वटा माइन्युट फाइलहरु कव्जा गरेका छन् ।

अध्यक्ष भएको पाँच दिन नवित्दै थापाले कार्यालय कब्जामा लिन खोजेका हुन् । उनले माइन्युट फाइलहरु कब्जामा लिएर एमालेका तत्कालिन सचिव रणबहादुर चन्दलाई राख्न दिएका छन् ।

थापाले निकटहरुसंग प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जसरी भएपनि माइन्युटहरु कब्जामा लिन भनेपछि लकर तोडेको बताउने गरेका छन् । माइनट मागेपछि कार्यालय सचिव विमल जोशी पार्टी कार्यालय पुग्दै थिए । तर जोशी नआउदै उनले घर्रा तोडेका हुन् ।

CPN Party Office
यसरी तोडियो घर्रा

लामो समयदेखि माधव नेपाल पक्ष बलियो रहदै आएको कैलालीमा जिल्ला कार्यसमिति सदस्य र पार्टी सदस्यता थपघट गर्न लकर तोडेर माइन्युटहरु कब्जामा लिएको बताइन्छ ।

अध्यक्ष थापाले घर्रा तोड्दा सचिव लालबहादुर सोडारी, रणबहादुर चन्द, दुर्गा जोशी लगायतको उपस्थिति रहेको थियो । चन्द बाहेक सबैले कार्यालय सचिवसँग माइन्युट माग्नुपर्ने तर लकर नतोड्न भनेका थिए । तर थापा र चन्दले तोडेरै लानुपर्छ भनेपछि घर्रा तोडिएको बताइन्छ ।

पहिले मध्यमार्गीरुपमा हिड्ने गरेका अध्यक्ष थापा दीर्घ सोडारीलाई हटाउदा आफूलाई मन्त्री बनाएन भनेर भीम रावलसँग रिसाएर प्रदेश अध्यक्ष थापा निकट हुन पुगेका छन । उनको सपथग्रहण भएको छैन । आइतबार मात्रै सुदूरपश्चिम प्रदेशका अध्यक्ष र सचिवको सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७