अझै केहि दिन हावाहुरी र मेघगर्जनसहित पानी पर्ने


१४ बैशाख २०७६, शनिबार
barsa

काठमाडौं, वैसाख १४ । अझै केहि दिन देशका विभिन्न भागमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले बताएका छन् ।

अबको एक–दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

विशेष गरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार पूर्वमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७