पाठ्यक्रम विकास केन्द्रको चरम लापर्वाही : खोलमा कक्षा १०, पाठ्य सामग्री ९ कक्षाको


१४ बैशाख २०७६, शनिबार
book

खोटाङ, वैसाख १४ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालयको पुस्तकमा चरम लापर्वाही देखिएको छ ।

पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयमा त्रुटी हुँदा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो ।

नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेका शिक्षक रविन सुनुवारले जानकारी दिए ।

पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो । ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो,’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेश छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७