डोल्पामा वाम गठबन्धनको ‘क्लिन स्वीप’


२३ मंसिर २०७४, शनिबार
UML and moist 1

डोल्पा: डोल्पामा एमाले(माओवादीको वाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य र दुईवटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।UML and moist 1
प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याए ।
यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै एमालेका नन्दसिंह बुढा ५ हजार ४९० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएका छन् ।

प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका वीरबहादुर शाहीले ६ हजार ४१४ मत ल्याएर बिजय भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७