यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर (फोटो फिचर)


१४ बैशाख २०७६, शनिबार
3 4

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ ।

सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन पुगेकाहरुलाई व्यापारीहरुले अवरोध गर्न खोजे पनि अन्तत? सफल भएनन् । आक्रोशित व्यावसायीले सटर भत्काउने क्रममा पुगेकी महानगरी उपप्रमुख हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्र साघुँर्‍याएर बसपार्क राख्न भाडामा दिएको थियो । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिई सकिएको छ भने केही बन्दै गरेका थिए । शनिबार दिउँसो महानगरपालिकाले खुलामञ्चको बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुई वटा डोजर परिचालन गरेर भत्काइएको हो ।

डोजर परिचालनसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्यलगायत खुलामञ्च क्षेत्र पुगेका थिए । महानगरले डोजर लगाएर सटर भत्काउन थालेपछि व्यावसायीहरुलाई आफ्नो सामानहरु सम्हाल्न समेत समस्या परेको थियो ।

हेर्नुस् तस्विरहरु

1 8
2 7
3 5
4 3
5 3
6
7
8
9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७