पूर्वाधार विकास कार्यालय प्रमुख पक्राउ


१५ बैशाख २०७६, आईतवार

सप्तरी, १५ बैसाख । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत पक्राउ परेका छन् । सप्तरी प्रहरीको अनुरोधमा सिरहा प्रहरीले गोइतलाई पक्राउ गरेको हो ।

goit

कीर्ते उपभोक्ता समिति गठन प्रकरणमा अनुसन्धानका क्रममा गोइतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश न. २ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित योजना अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा कीर्ते उपभोक्ता समिति गठन गरिएको प्रकरणमा गोइतमाथि छानबिन गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा अन्तर्गतको सम्पर्क इकाई कार्यालय राजविराजमा छ । यसअघि यही प्रकरणमा प्रहरीले पूर्व सभासद् तथा राजपा नेपालका केन्द्रीय सदस्य विपी यादव तथा राजपा अर्का केन्द्रीय सदस्य हरि मण्डललाई नियन्त्रणमा लिइइको छ ।

रातो पासपोर्ट दुरुपयोग काण्डमा मुछिएका पूर्व सभासद् यादव सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका हरि मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा छन् । मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक समेत हुन् ।

पक्राउ परेका दुवै जनामाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

यादव र मण्डलसहितको संलग्नतामा अग्निसाईर कृष्णासवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप कीर्ते गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाईर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न कीर्ते उपभोक्ता समिति गठन गर्न छाप कीर्ते गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७