विजयकुमार गच्छदारलाई उछिन्दै भगवती चौधरीको अग्रता


२३ मंसिर २०७४, शनिबार
Bhagawati choudhary Bijayekumar Gachhadar

इटहरी: सुनसरी क्षेत्र नम्बर ३ को ताजा मत परिणामअनुसार वाम गठबन्धनको तर्फबाट एमालेकी भगवती चौधरीले प्रारम्भिक अग्रता लिएकी छन् ।Bhagawati choudhary Bijayekumar Gachhadar

भगवतीले प्रभावशाली नेता तथा हालै लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा समाहित गरी कांग्रेसबाट उमेदवारी दिएका विजयकुमार गच्छदारलाई उछिन्दै अग्रता कायम गरेकी हुन् ।

मत परिणामअनुसार गच्छदारले १ हजार १ सय ९३ मत ल्याउँदा भगवतीले १ हजार ६ सय २२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७