धनुषामा हावाहुरीले मच्चायो ‘वितण्डा’ : दुईको मृत्यु, सयौं विजुलीको पोल ढले


१५ बैशाख २०७६, आईतवार
janakpur huri 4 00yZbhYunL

धनुषा, १५ बैसाख । हावाहुरीले बारामा पुर्‍याएको मानवीय र भौतिक क्षतिको चोट भुल्न नपाउँदै आज (आइतबार) धनुषामा हावाहुरीले वितण्डा मच्चाएको छ ।

बिहान साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको रहेका छन् ।

janakpur huri 13 nW0VHTFNGp

हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामीण भेगमा बालीनालीलाई समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीले एक सय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मर समेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिएका छन् ।

यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिए । यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्यत प्रशारण लाइनमाथि तीन वटा रुख ढलेको छ ।

हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । घटनाका सम्पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७