मोडलको कार्यक्रममा प्रस्तुतीका क्रममा जुत्ताको तुनामा अल्झिएर लड्दा मृत्यु


१५ बैशाख २०७६, आईतवार
model

काठमाडौं, १५ बैसाख । मानिसको मृत्यु कहिले र कसरी हुन्छ मान्छेको बसमा हुँदैन । त्यसैले त मृत्यु जतिबेला पनि आउन सक्छ भन्ने गरिन्छ ।

साओ पाउलो फेसन विकमा भाग लिएका एक मोडलको क्याट वक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ । आयोजक समितिले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ ।

वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडे लगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । उनी कायक्रममा सहभागी भइरहेका बेला समेत सामान्य बिरामी थिए । वक्तव्यमा थप विवरण दिइएको छैन ।

Brazil Model Death 01725 3lJ7St0QnN

डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने । पत्रिकाका अनुसार सोअरेस २६ वर्षका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७