पहिचान नभएको रोगका कारण मृत्यु हुनेको संख्या नौ पुग्यो


१५ बैशाख २०७६, आईतवार
humla

काठमाडौं, १५ वैशाख । हुम्लामा पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएको छ । सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा चिकित्सक सहितको टोली पुगेको छ । हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ । हेलिकोप्टरबाट औषधिसहित चिकित्सक ताजाकोट गाउँपालिका पुगेका छन् ।

प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा चिकित्सक सहितको टोली पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ का धेरै मानिस थला परेको जनाइएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आइतबार बिहान हेलिकप्टर मार्फत चिकित्सकको टोली गइसकेको जानकारी दिए । सुर्खेतबाट हेलिकप्टरमा औषधि समेत लिएर गएका चिकित्सकको टोलीले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्नेछ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाइ छ ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको मन्त्री दल रावलले जानकारी दिनु भयो । हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्य चौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ । स्वास्थ्य चौकीका अहेब मोतिलाल जैसीका अनुसार मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुम रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् । यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्य चौकी प्रमुख जैसीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७