अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रिन्स दाहाल


१५ बैशाख २०७६, आईतवार
p

काठमाडौं, १५ बैशाख । नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्र्र्रािष्ट्रय ब्याडमिन्टन प्रतियोगिता’ को ब्वाइज यू–१७ को अन्तिम चरणमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् ।

उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए । यसअघि प्रिन्सले क्वार्टरफाइनलमा थाइल्याण्डका नाथाप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका थिए । नाथाप्पेलाई २१–१३ र २१–१४ अङ्कले जितेका उनले अन्तिम चरणको आजको खेलमा भारतीय खेलाडी गान्धम प्रनव रावसँग खेल्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिएका छन् । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेकोे छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७