झाडापखालाबाट गुल्मीमा एक बालकको मृत्यु


१५ बैशाख २०७६, आईतवार
gulmi 1

गुल्मी, १५ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका –४ वडागाउँको दजाकोटकोमा फैलिएको झाडापखालाको प्रकोपबाट एक बालकको ज्यान गएको छ । स्थानीय पशुपति निमाविको कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो । मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलका अनुसार परिवारले गलत सूचना दिएका कारण बालकको मृत्यु भएको हो ।

दजाकोटमा स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था गरिए पनि परिवारले बालक बिरामी भएको जानकारी नगराउँदा मृत्यु भएको छन्तेलले बताए । अहिले बालकलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ ।

खानेपानीमा कोलिफर्म भएका कारण झाडापखला फैलिएको पुष्टि भएको छ । दुषित खानेपानीका कारण दजाकोटमा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आएको छैन । जसका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पामा गरिएको परीक्षणमा दजाकोटको खानेपानीमा कोलिफर्म पुष्टि भएको इन्जिनियर प्रकाश न्यौपानेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७