डिस्चार्ज हुन लागेका बालकको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव, तोडफोड र प्रदर्शन


१५ बैशाख २०७६, आईतवार
tanab

चितवन, १५ बैसाख । उपचारका लागि ल्याइएका बालकको मृत्युको विषयलाई लिएर चितवनस्थित चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । मृत्तक बालकका अभिभावक र स्थानीयले अस्पतालमा प्रदर्शन र तोडफोड समेत गरेका छन् ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो ।

अस्पतालमा लापर्बाहीको कारण बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका हुन् । नौ महिनाको बच्चालाई दुई बर्ष उमेर भनेर अस्पतालको रेकर्डमा लेखिएको र सोही अनुसारको बढी डोजको औषधि दिंदा बच्चाको मृत्यु भएको आफन्तल दावी गरेका छन् ।

बैशाख ३ गते डिस्चार्ज गर्ने तयारी भएको बेला २ गते बेलुका नर्सले सुई लगाए लगत्तै बच्चा अचेत भएर स्वास्थ अवस्था नाजुक भएको मृतकका बुबा रुपेश घिमिरेले बताएका छन् । यता, अस्पताल प्रशासनले भने अस्पतालको तर्फबाट कुनै कमजोरी नभएको र बच्चाको उपचारमा सक्दो प्रयास गरेको जनाएको छ ।

उपचारको क्रममा बच्चाको श्वास नलीमा तरल पदार्थ जाँदा स्वास्थ्य अवस्था जटिल भएको अस्पतालको निर्देशक डा. दयाराम लम्साल बताउँछन् । अस्पतालमा तनाव भएपछि मेडिकल कलेजले बालकको शव अहिले अर्को सरकारी अस्पतालमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७