१९७ वटा म्यानपावर खारेज, कुन–कुन परे खोरजीमा (नामावलीसहित)

खारेजी भएका म्यानपावरको नाममा पनि ठगी हुन सक्ने भएकाले सचेत हुन आग्रह


१५ बैशाख २०७६, आईतवार
shram bivag

काठमाठौं, १५ बैसाख । वैदेशिक रोजगार विभागले १९७ वटा म्यानपावर कम्पनीहरु खारेज गरेको छ । नियम विपरीत काम गरेको र समयमा नवीकरण नगरेको भन्दै ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ ।

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा एक हजार ४३७ वटा म्यानपावर दर्ता छन् ।

वर्षमा सय जना कामदार नपठाउने म्यानपावर पनि खारेज हुँदै
विभागमा दर्ता भएका एक हजार ४३७ मध्ये अहिले एक हजार १८५ म्यानपावर मात्रै सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा र म्यानपावरको संख्या घटाउन सरकारले यस्तो प्रावधान ल्याएको हो । विभागमा रहेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७४–७५ मा ५१२ वटा म्यानपावरले एक सय जना कामदार पठाउन सकेनन् ।

एक वर्षमा १० जना पनि कामदार पठाउन नसक्ने म्यानपावरको संख्या ६७ छ । जसमध्ये ८ वटा म्यानपावरले एक जना मात्रै कामदार पठाएको विभागको तथ्याङ्कमा उल्लेख छ । ७ वटाले २ जना मात्र वैदेशिक रोजगारीमा पठाएको जनाइएको छ ।

३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० वटा म्यानपावर पाइएको छ । ११ देखि ५० जना पठाउनेको संख्या १८२ छ । २ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या १५ वटा रहेको जनाइएको छ ।

हेर्नुस् खारेजीमा परेका म्यानपावरको नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७