इन्डोनेसिया निर्वाचनमा भोट गन्दा-गन्दै २७२ जनाको गयो ज्यान


१५ बैशाख २०७६, आईतवार
images cms image 000073343

काठमाठौं, १५ बैसाख । इन्डोनेसियामा गएको अप्रिल १७ मा सम्पन्न भएको आम निर्वाचनको भोट गन्ने क्रममा २७० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

भोट गन्ने काम ओभरटाइम गरेपछि मत गणनामा खटिएका व्यक्तिहरुमा कमजोरीपन र ज्वरो देखा परेको थियो । निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोका अनुसार मत गणनामा खटिएका १ हजार ८७८ जना विमारी परेका थिए ।

nm election 0403

तीमध्ये २७२ बढीको मृत्यु भएको हो । गत अप्रिल १७ मा भएको आम निर्वाचनमा राष्ट्रपति, उपराष्ट्रपनि, प्रतिनिधिसभा र स्थानीय प्रशासनका लागि एकैपटक निर्वाचन भएको थियो ।

g5r7g78f 1404972517

८ लाख निर्वाचन क्षेत्रमा १९ करोडले भोट गरेका थिए । मत गन्ने व्यक्तिहरुले दिनरात हातैले मत गनेका थिए । ओभरटाइम कामले विरामी परेकाहरुको मृत्यु भएपछि प्रत्येक परिवारलाई उचित क्षतिपूर्ति दिने घोषणा गरिएको छ । मत गणना अझै जारी छ । आगामी मे २२ तारिखमा निर्वाचित जनप्रतिनिधिको नाम घोषणा गरिने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७