एक्सरे गर्न आफै जेनेरेटर बोक्छन् गाउँले


१६ बैशाख २०७६, सोमबार
dolpa dunai hospita

डोल्पा, १६ बैसाख । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् ।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो ।’

अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको काइकेका भीम बुढाले बताए । पाँच सयदेखि एक हजारसम्म भाडा तिरेर एक्सरेका लागि जेनेरेटर ल्याउने गरेका छन् गाउँले । बिरामीका आफन्तले जेनेरेटर ल्याउने गरेको एक्सरेका कर्मचारी लालकृष्ण बुढा बताउँछन् । सोलार बत्तीको पावरले नपुग्दा बिरामी आफैंले विद्युत्को व्यवस्थापन गर्नुपरेको बुढाको भनाइ छ ।

सामान्य एक्सरे गर्न एक बिरामीले एक्सरे चार्जबाहेक दुई हजारदेखि चार हजारसम्म खर्च गर्नुपर्ने ठूलीभेरी–५ का आनन्द रोकायाले बताए । चिकित्सक भए पनि आवश्यक प्राविधिक उपकरण नहुँदा सेवा प्रवाहमा प्रभावकारिता नदेखिएको अस्पतालका चिकित्सक डा.भीम बुढा बताउँछन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७