झूटो विवरण दिएर छोराको नागरिकता लिने भारतीय पक्राउ


१६ बैशाख २०७६, सोमबार
sudama

पर्सां, १६ बैसाख । विवरण ढाटेर छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाई दिन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

२०६३ मा वीरगञ्ज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८र४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृह मन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।

बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताएका छन् ।

साहबिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो । अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताए ।

पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७