अभिनेत्री श्वेता सिकिस्त, भारतमा अचानक गरियो शल्यक्रिया


१६ बैशाख २०७६, सोमबार
sweeta

काठमाडौं, १६ बैसाख । अभिनेत्री श्वेता खड्का अचानक सिकिस्त बिरामी परेकी छन् ।
अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दै जानकारी गराएकी छन् ।

श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी थिइन् । श्वेताले लेखेकी छन्, ‘लण्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडोमुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो ।

Sweeta Khadka

तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनु भयो । तर, लण्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरो समेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

त्यसपछि श्वेतालाई लण्डनबाट तत्कालै नयाँदिल्ली ल्याइयो । त्यहाँ डा. सुरेन्द्रकुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी गराएकी छन् ।
श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा समेत व्यक्त गरेकी छन् ।

उनी लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेण्डमै भताभुङ्ग हुँदा रहेछन् । म दुःखपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुने छैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७