मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरित, उद्धारका लागि आग्रह


१६ बैशाख २०७६, सोमबार
balak 3

सप्तरी, १६ बैसाख । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक भाञ्जा बिवाहस्थलबाटै अपहरणमा परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले जानकारी दिएका छन् ।

राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा पढ्दै आएका बालक जन्ती गएको बेला राति नै अपहरणमा परेको भन्दै उद्दार गरिदिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार उजुरी समेत दर्ता गराएका छन् ।

छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला राति नै अपहरण गरेको हुन सक्ने अनुमान पीडितका आफन्तजनले गरेका छन् । अहिले प्रहरीले उनको खोजी शुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७