आगलागी हुँदा सात लाख बढिको क्षति


१६ बैशाख २०७६, सोमबार
aaglagi XoG44FvmMH

कञ्चनपुर, १६ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुँदा सात लाख ५० हजार भन्दा बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर जलेर नष्ट पारेको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताए ।

खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका बेला आगो लागेको थियो । उनले भने, ‘राति घरमा छिकेकीले आगो दन्केको देखेपछि आगो निभाउने प्रयास गरियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आगोमाथि नियन्त्रण गर्न सकियो ।’ लुहारको पूरै घर जले पनि आगो नियन्त्रण हुँदा छिकेकीको घर भने आगलागीबाट जोगिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७