गोरखामा बाबुरामको मत अग्रता फराकिलो हुँदै, यस्तो छ नतिजा


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले प्रतिद्वन्दी नारायणकाजी श्रेष्ठसंगको मतअन्तर घटाएका छन् ।


माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै बाबुरामले अग्रता लिएका हुन् ।
शुक्रवार मध्यरातको अपडेट अनुसार बाबुरामले १५ हजार ६ सय २१ र नारायणकाजीले १३ हजार १ सय ५५ मत पाएका छन् । मत अन्तर २ हजार ४ सय ६६ छ ।

प्रतिक्रिया दिनुहोस्