निःशुल्क शिक्षाको माग गर्दै नेता काफ्लेले हाले सर्बोच्चमा रिट


१६ बैशाख २०७६, सोमबार

काठमाडौं, १६ बैसाख । सर्वसाधरण नागरिकले निःशुल्क शिक्षा पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

sarbocha adalat

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले आज (सोमबार) अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भए पनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको रिटमा उल्लेख गरिएको छ ।

rit

शिक्षामा व्यापारीकरण भएकाले आम सर्वसाधारण नेपाली अध्ययनबाट बञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने माग गरिएको छ । रिटमा संविधानको धारा ३१ ले नेपाली नागरिकलाई प्रदान गरेको हकविपरित काठमाडौं महानगरपालिकाको शिक्षा समितिले निर्णय गरेको भन्दै उक्त निर्णयलाई खारेज बदर गर्न माग गरिएको छ ।

kafle

यस्तै शिक्षा ऐन २०७५ को दफा ४० (१) (९) नेपालको संविधानको धारा १३ विपरित भएको हुँदा उक्त ऐनको दफा र सो दफासँग सम्बन्धित अन्य दफाहरु समेत खारेज गरिनुपर्ने माग गरिएको छ । रिटको पेशी आगामी वैशाख २० गतेको लागि तोकिएको विद्यार्थी नेता सुशील भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७