१३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या, दम्पति पक्राउ, यसरी गरिएछ हत्या


१६ बैशाख २०७६, सोमबार
Rape बलात्कार

लमजुङ, १६ बैसाख । लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोट साँखरकी १३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ ।

हत्या अभियोगमा प्रहरीले एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ । यही वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अर्चलबोटको लक्ष्मीनारायण माध्यमिक विद्यालयको कक्षा–६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वाभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३, श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगनमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसरी स्वीकारे हत्या

हजुरबुवा–हजुरआमा र आमा–बुवासँगै अनिशा तनहुँको बाइसजँघारमा बिहेभोजमा गएका थिए । बिहेभोजपछि बुवा काममा गएको र आमा किताब किन्न गएपछि अनिशा नाताले हजुरबुवा–हजुरआमासँगै घर फर्केकी थिइन् ।

अनिशालाई घर पुर्‍याएपछि राजकुमार आफ्नो घर नगइ एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ । घरभित्र रहेकी अनिशालाई जबरजस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका प्रहरीले जनाएको छ ।

स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डीएसपी यादव ढकालले जानकारी दिए । घटना वैशाख ९ गते भएपनि हत्या जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धानकाक्रममा दम्पतिले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी ढकालले बताए । दम्पतिलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७