भ्रमण बर्षको मुख्य केन्द्र जनकपुरधाम र लुम्बिनी


१६ बैशाख २०७६, सोमबार
lumbini 1

जनकपुर, १६ बैशाख । प्रदेश नम्बर ५ मा हुन लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचार–प्रसार व्यापक रुपमा गरिदैँछ । भ्रमण वर्षको व्यवस्थापन गर्न बनेको प्रदेश नम्बर ५ को टोली सोही प्रचार प्रसारको क्रममा जनकपुर आइपुगेको छ ।

जनकपुरमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, वन पर्यटक तथा वातावरण मन्त्रालयका सह–सचिव जगदीशप्रसाद गुप्ताले हिन्दुहरुको आस्थाको केन्द्र तथा धार्मिक धरोहर जनकपुरधाम र बौद्ध धर्मावलम्बीहरुको केन्द्रको रुपमा रहेको लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी र जनकपुरलाई पर्यटन व्यवसायमा जोड्न सके रोजगारी र व्यवसायका हिसाबले सर्वसाधारणको लागि लाभ हुने उनले जिकिर गरे । उनले यो क्षेत्रको विकास गर्न सके वर्षेनी आन्तरिक तथा बाहिरी पर्यटक करोडौँको संख्यामा आउने दावी समेत गरे ।
जेठ ४ गतेदेखि सुरु हुन लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ मा करिब २५ लाख पर्यटक भित्रयाउने लक्ष्य रहेको प्रचार–प्रसार समितिका टोपराज शर्मा (टीआर शर्मा) ले जानकारी दिए । प्रदेश नम्बर ५ को लुम्बिनी र प्रदेश नम्बर २ को जनकपुरको छुट्टा छुट्टै महत्व रहेकाले एकअर्कासँग जोडेर सर्किट बनाउनुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा जानकी नगरी र गौतम बुद्धको नगरीलाइ पर्यटन प्रवर्धनमा हातमा हात जोडेर अगाडि बढ्न वक्ताहरुले सुझाव दिएका थिए । यस वर्ष मात्रै प्रदेश नम्बर ५ को सरकारले २ करोड २७ लाख बजेट पर्यटनीय क्षेत्रका लागि छुट्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७