किन हटाइए वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामा ?


१६ बैशाख २०७६, सोमबार
Vijay Lama

काठमाडौं, वैशाख १६ : नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो ।

लामालाई केही दिनअघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै जिम्मेवारीबाट हटाएको हो । प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले बताए ।

प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको उनको भनाई छ ।

क्याप्टेनको संवेनशीलतालाई आधार बनाएर प्रवक्ताबाट मात्रै हटाएको निगमका कार्यकारी अध्यक्ष मदन बताए ।

के हो प्रकरण ?
गत १९ चैत २०७५, राती ९ः१५ बजेको नेपाल वायु सेवा निगमको बाइड बडी विमानको निर्धारित उडान अकस्मात रद्द गरिएको थियो । काठमाडौंबाट राती ९ः१५ दुबई उडान भर्नुपर्ने विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति मागेको थियो ।

काठमाडौंबाट राती ९ः१५ दुबई उडान भर्नुपर्ने विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति मागेको थियो । तर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले ८ः३५ बजे मात्र विमानलाई पार्किङ वेमा ल्याउने अनुमति दियो । यात्रुहरु साढे ६ बजेदेखि नै विमानस्थलमा थिए ।

ढिलो गरि ‘पार्किङ वे’मा ल्याउने अनुमति दिइएका कारण निर्धारित समय ९ः१५ बजे विमान उडन सकेन । यात्रुहरु ९ः३५ बजे मात्र विमानमा बसे । ९ः३७ मा विमानमा इन्धन राखियो । ९ः४५ मा इञ्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो ।

९ः४७ मा विमानका सबै ढोका बन्द गरिए । र, पाइलटले एटीसीसँग उडान अनुमति मागे । तर, एटीसीले ड्रागन एयरको वाइड बडी उडानका क्रममा रहेको र एकै पटक दुई वाइड बडी विमान उडान हुन नसक्ने भन्दै पर्खन भन्यो ।

ड्रागन एयरले ९ः५७ मा उडान र्भयो । अनि १० बजेदेखि विमानस्थल बन्द हुने भएको नियम देखाउदैं कन्ट्रोल टावरले उडान अनुमति दिन नसकिने जनायो ।

१८ चैतदेखि विमानस्थलको रनवे मर्मतका लागि बेलुका १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो । यही निर्णयलाई आधार बनाउँदै निगमको विमानलाई उडान भर्न रोकियो । रद्द विमान भोली बिहान बिहान ८ः४५ बजे दुबईका उडेको थियो ।


लामाको किन तानिए ?
लामाले यही घटनाबारेमा बिभिन्न सञ्चार माध्यममा आक्रोशपूर्ण अभिव्यत्ति दिएका थिए । नेपाली ध्वजावाहक विमानलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने जस्तो देखिएको भन्दै उनले चुनौतीपूर्ण अभिव्यक्ति दिएका थिए । विदेशी विमानलाई अवसर दिएर नेपाली ध्वजावाहक विमान बिरुद्ध गतिबिधि भएकोमा उनको आक्रोश थियो ।

अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो । निगममा ३२ वर्षदेखि कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन् । हाल उनी एयरबसको वाइडबडी उडानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७