शेखर कोइरालालाई हरादै लालबाबु पण्डित सांसद निर्वाचित


२३ मंसिर २०७४, शनिबार
लालबाबु पण्डित

मोरङ: क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई हराएका छन्।लालबाबु पण्डित

कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् ।

नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७