‘आरआर ३१०’ बाइक नयाँ मोडलमा, हवाइजहाजको टायर प्रयोग


१७ बैशाख २०७६, मंगलवार
bike

काठमाडौं, १७ वैसाख । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोडल सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी टीभीएस ‘आरआर ३१०’ सार्वजनिक गरेको हो । ३१२ सीसीको यो रेसिङ बाइक उत्कृष्ट इन्जिन क्षमता, अत्याधुनिक विशेषतासहितका चलाउन सजिलो एवं आरामदायी रहेको कम्पनीको दाबी छ ।

हवाईजहाजमा प्रयोग गरिने टायर प्रयोग भएको यो मोटरसाइकल छिट्टै नै युवामाझ लोकप्रिय हुने जगदम्बा मोटर्सका दीपक अग्रवालको दाबी छ । यो मोटरसाइकलको प्रतिस्थानीय बजार मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७