थाई पूर्वप्रधानमन्त्रीलाई पाँच वर्षको जेल सजाय


११ आश्विन २०७४, बुधबार
Yingluck Shinawatra

बैंकक: (बीबीसी) थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । ‘आपराधिक लापरवाही’मा उनलाई दोषी ठहर गरिएको हो । सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले सजाय सुनाएको हो ।Yingluck Shinawatra

चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग उनीविरुद्ध लगाइएको छ, जसको लागत आठ अर्ब डलर थियो ।उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् ।

सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् । अदालतमा भएको सुनुवाइका क्रममा उनले उक्त योजनाको दैनिन्दिन ‘अपरेसन’मा आफू जिम्मेवार नरहेको तर्क गरेकी थिइन् । र, आफू राजनीतिक उत्पीडनको शिकार बनेको बताएकी थिइन् ।

उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । ग्रामीण गरीबी उन्मुलनका लागि सरकारले उनको कार्यकालमा दुई पटक बजारको भुक्तानी फिर्ता दिएको थियो ।उक्त योजनाका कारण थाइल्यान्डबाट चामल निर्यात प्रभावित बनेको सैनिक सरकारको दाबी रहँदै आएको छ । र, आठ अर्ब डलरको नोक्सानी भएको बताउँदै आएको छ ।

भ्रष्टाचार गर्नकै लागि उक्त योजना ल्याइएको दाबी सिनावात्राका विरोधीहरुको छ ।उनी कहाँ बसेकी छन् भन्ने स्पष्ट छैन । उनका दाजु तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा दुबईमा रहेकाले उनी पनि त्यहीं हुन सक्ने अनुमान छ । थाक्सिनविरुद्ध पनि सैन्य सरकारले भ्रष्टाचारको आरोप लगाएको छ ।

दाजुलाई जेल सजाय सुनाइएपछि यिङ्लक राजनीतिमा प्रवेश गरेकी हुन् । विरोधीहरुले दाजुकै प्रतिनिधिका रुपमा उनलाई औंल्याउने गरेका थिए । दुवै दाजु(बहिनी ग्रामीण र गरीब मतदातामाझ लोकप्रिय छन् । तर, सम्भ्रान्त वर्गले उनीहरु राजनीतिमा संलग्न भएको रुचाएको थिएन ।सुनुवाईका क्रममा अदालतमा उपस्थित हुन नसकेपछि यिङ्लकविरुद्ध पक्राउ आदेशसमेत जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७