ओखलढुंगामा वाम गठबन्धनको क्लिन स्वीप, प्रतिनिधि सभामा यज्ञराज सुनुवार विजयी


२३ मंसिर २०७४, शनिबार
yagraj sunuwar

ओखलढुंगा : ओखलढुंगामा वाम गठबन्धनले क्लिन स्वीप गरेकाे छ ।  संघीय प्रतिनिधिसभासहित दुई सिटमा विजयी हासिल गरेको छ ।yagraj sunuwar
प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमालेका यज्ञराज सुनुवार विजयी भए ।  आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएकाे हाे  । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।
प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भइसकेका छन् ।प्रदेश सभा ख को मत गणना भइरहेको छ । मानेभञ्ज्यांग गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार मोेहनकुमार खड्काले ३ हजार ७ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् ।
कांग्रेसका प्रदिपकुमार सुनुवारले ३ हजार ७ सय ४१ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ३ सय ८९ मत ल्याए । मत गणना जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७