कसरी हुन्छ वर्गको उन्मुलन ?


१८ बैशाख २०७६, बुधबार
Bhimjwala Rai international labour day

लेनिनले भनेका छन्, ‘समाजवादको अर्थ हो वर्गहरुको उन्मुलन । जब वर्गहरु बिलाउने छन् । तब अधिनायकत्वको आवश्यकता रहदैंन । बिना सर्वहारा अधिनायकत्व वर्गहरु बिलाउन सक्दैनन् ।’ लेनिनको संकलित रचना भाग ६ को पृष्ठ ११२ मा उल्लेखित भनाई र नेपालको संविधानको प्रस्तावनाको पाँचौ अनुच्छेदको अन्तिम लाईनमा प्रयुक्त ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्टङ निर्माण गर्ने’ भन्ने शव्दावली बीचको अन्तर सम्बन्धलाई केलाउन कुनै समस्या छैन ।

सम्पत्ति माथीको स्वामित्व र आर्थिक असमानताले नै वर्ग जन्माउँदछ । समाज हुने खाने र हुँदा खाने वर्गमा विभाजित छ । श्रमको शोषणले समानताको खाडल झन् झन् फराकिलो बनाएको छ । कोही हात मुख जोड्न नसक्ने कोही पैसा खर्च गरेर नसक्ने अबस्थामा छन् ।

हाम्रो एउटै समाज भित्र, एउटै सामाजिक समुह भित्रै एउटै जाती भित्र, एउटै क्षेत्रीय समुह भित्र वर्गिय खाडल फराकिलो बन्दै गइरहेको छ । नेपाली समाजमा वर्गिय शोषण तिब्र छ ।

सन् २०१८ को श्रम अडिटले भन्छ, ‘श्रम कानुनमा काम गर्ने समय ८ घण्टा उल्लेख छ तर नेपालमा करिव १ करोड ४० लाख श्रमिकहरु मध्ये ५९ दशमलव ३२ प्रतिशत मजदुरहरु तोकिएको कार्यसमय अर्थात आठ घण्टा भन्दा बढी श्रम गर्न बाध्य छन् ।’ श्रम कानुनको दफा ११ मा रोजगार सम्झौता नगरी काममा लगाउन नपाईने उल्लेख छ । तर ४४ दशमलव ७ प्रतिशत मजदुरहरु रोजगार संम्झौता बिना काम गरिरहेका छन् । ३९ प्रतिशत मजदुरहरुको रोजगारी नियमित छैन जो कामको खोजी र रोजगारीको ग्यारेन्टीका लागि भौतारिरहेका छन् ।

न्युनतम् पारिश्रामिक निर्धारण समितिले मजदुरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० कायम गरेको छ तर सम्पूर्ण श्रम शक्तिको २७ दशमलव १२ प्रतिशत प्रतिष्ठानहरुले न्युनतम पारिश्रमिक दिएको छैन । मजदुरहरु बाँच्नै नसक्ने न्युन पारिश्रमिक लिएर काम गर्न बाध्य छन् अर्थात् मजदुरहरुमाथी शोषण भईरहेको छ ।

६१ दशमलव १२ प्रतिशत मजदुरहरु अहिलेपनि दुर्घटना बिमामा समेटिएको छैन । काम गर्दैगर्दा दुर्घटनामा परेर घाईते हुंदा, अंगभंग हुदां उपचार पाउने अवस्था छैन । दुर्घटनामा मृत्यु हुँदा आश्रित परिवारले राहत पाउने अवस्था छैन । जोखिममा काम गर्न बाध्य छन् । ८८ दशमलव १४ प्रतिशत प्रतिष्ठानहरुले श्रम कानुनमा व्यवस्था भएको चाड पर्व खर्च उपलव्ध गराउदैंनन् ।

घर बिदा, साप्ताहिक बिदा, सार्वजनिक बिदा, बिरामी बिदा नपाउने र उपदान सञ्चयकोष नपाउने श्रमिकहरुको संख्या बढी छन् । सम्पूर्ण श्रमशक्तिको ९० प्रतिशत भन्दा बढी श्रमिक कार्यरत असंगठित क्षेत्रमा कानुन कार्यान्वयनको अवस्था शुन्य अबस्थामा रहेका छन् । र शोषणको रुप झन् डरलाग्दो अबस्था छ ।

मजदुर दिवसको महिमा
अठारौं शताव्दीमा पूंजिपतिहरुले मजदुरहरुलाई १८ घण्टासम्म काममा जोत्थे, पशुवत व्यवहार गर्दथे, सास धान्न पुग्ने पारिश्रमिक दिन्थे, पुजीवादी दासत्व र शोषणको जुवामा थिचिएका थिए मजदुरहरु । त्यसका विरुद्ध आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग सहित शिकागो शहरमा पोखिएको विद्रोहको आगोले संसारभरी डढेलो लगाई दियो । पूँजीपतिहहरुले गरेको मजदुहरुमाथिको शोषणको श्रृखलालाई सन १८८६ मई १ को विद्रोहले समाप्त बनाइदियो ।

मजदुरहरुमाथीको पूँजीवादी शोषण र दासताको कालो युगको क्रान्तिकारी कथा हो मजदुर दिवस । १ सय ३० वर्ष अघि मजदुरहरुले रगत र जिवनसँग साटेको साहसी इतिहासको रंक्तरंजित कथा सन १८८९ देखि संसार भरीका मजदुरहरुले मञ्चन गरिरहेका छन् । हाम्रो सन्दर्भमा पर्दाहरु परिवर्तन भए तर पीडा शोषणका पर्दाहरु भने परिवर्तन हुन सकेका छैनन् भन्ने नेपाली श्रम बजारको वर्तमानले देखाएको छ ।

पूँजीवादी जुवाको तख्ता पल्टाउने मजदुरहरुको क्रान्तिकारी र गौरवमय ईतिहासको स्मरण गर्दै उत्पादक शक्ति श्रमजिवि वर्गको मुक्तिको सिद्धान्त समाजवादी दृष्टीकोणबाट दिक्षित टङेड युनियन निर्माण आजको आवश्यकता हो ।

हेनरी जर्जका अनुसार न्युन ज्याला क्रान्तिकारी मजदुरहरु उत्पादन गर्ने औजार हो । जसले संसारलाई खत्तम गरिदिन्छ । यदी हेनरीको भनाईलाई मान्ने हो भने न्युन ज्याला पनि नपाउने मजदुरहरु अधिक छन् । नेपाली श्रम बजार मजदुरहरुमाथि शोषणमा आर्धारित छन् ।

मजदुरहरु कतै पनि सुरक्षित छैनन् । मजदुरहरुमाथि अन्याय र उत्पीडन चरम छ । शोषण गर्ने श्रम संसारलाई खत्तम गर्ने गरी मजदुरहरु किन संगठित भइरहेका छैनन् ? मजदुरहरुको शोषण गर्ने विरुद्ध टेङड युनियनहरुले मजदुरहरुको क्रान्तिकारी अगुवाई गर्न किन सकिरहेको छैन ? सवालहरु अनेक छन् ।

सर्वहारा मजदुरहरुको मुक्ति र सर्वहारा अधिनायकत्वको लक्ष्य बोकेका कम्युनिष्टहरुको दुई तिहाईको सरकार रहेको बेला मजदुरहरुले माग र आलोचनाको नारा होईन उपलव्धी र मजदुर लक्षित समाजवादी प्याकेजका स्किमहरु बाँडेर खुशीयाली साटासाट गर्नु पर्ने थियो । यस दिशातर्फ सरकारलाई मार्गनिर्देश गर्न र सुझाउन टङेड युनियनहरु कहाँ चुक्यो समिक्षा गरिनु पर्दछ ।

गौरवमय विगत पीडादायी वर्तमान
बिक्रम सम्बत् २००३ साल फागुन २० गते बिराटनगरको जुटमिलबाट सुरु भएको नेपालको टङेड युनियन आन्दोलन नेपालमा कम्युनिष्ट पार्टी र नेपाली काग्रेस पार्टी भन्दा जेठो इतिहास छ । प्रकारान्तरले टङेड युनियनहरु दलको भातृ युनियनका रुपमा आश्रित हुनु दुर्भाग्य बन्यो ।

दलै पिच्छे फरक टङेड युनियनहरु भए । सत्तासिन पार्टीले मजदुरहरुका लागि सिन्को नभाचे पनि मजदुर विरोधी ऐन कानुन बनाएपनि भातृ टङेड युनियनले चुँसम्म नबोल्ने, प्रतिपक्षि दलका प्रतिपक्षि टङेड युनियनले पार्टीका एजेण्डामा सञ्चालित हुन प्रवृति हाम्रालागि दुर्भाग्य बन्यो । सत्ता शासकहरुको संगठन हो भर नपर, वर्ग र संगठनमा भर पर भन्ने कमरेड लेनिनको सिद्धान्त नेपालमा पूर्णतः असफल भयो ।

सर्बहाराजनवादले शोषकहरुको वा बुर्जुवाहरुको दमन गर्छ भन्ने माक्र्सको सिद्धान्त विपरित सत्ताधारी बुर्जुवाहरुले सर्वहारा श्रमिकहरुलाई दमन गर्न थाले तर टङेड युनियनको भूमिका हस्तक्षेपकारी हुन सकेनन् । विगतको समिक्षा गर्दै गर्दा मजदुरहरुको विगत विर्सन लायक छ, वर्तमान पीडादायी छ तर टङेड युनियन आन्दोलनलाई सहि दिशामा लान सकियो भने भविष्य सुन्दर छ ।

चुनौतिहरु
सामाजिक सूरक्षा नेपाली श्रमिकका लागि सुन्दर भविष्य हो, आगामी साउनदेखि यसको प्रारम्भ हुदैँछ । तर श्रमशक्तिको ९० प्रतिशत हिस्सा सामाजिक सुरक्षा योजनामा समेटिएका छैनन् । सबैका लागि सामाजिक सूरक्षा योजना कार्यान्वयन क्रान्तिकारी टङेड युनियनको अनिवार्य शर्त हुनेछ ।

एकातिर रोजगारदाताहरु सूचिकरणमा जानसक्दैनौं भनेर अड्चन सृजना गरिरहेका छन् भने अर्कोतर्फ ९० प्रतिशत अनौपचारिक मजदुरहरु सूचिकरण प्रकृयामा जाने विधिको अन्यौलता कायमै छ ।

श्रम ऐन जारी भईसकेको छ तर कार्यान्वयन हुन त्यतिकै चुनौति छ, तोकिएका न्युनतम पारिश्रमिक स्थानिय तहसम्म कार्यान्वयन चुनौति छदैंछ प्रतिष्ठित प्रतिष्ठानहरुका सञ्चालकहरुले समेत त्यसको कार्यान्वयन गर्न अटेर गरिरहेको अवस्थामा टङेड युनियनहरुलाई मजदुर पक्षिय र गतिशिल परिचालन जरुरी छ ।

प्रवासी समस्या जटिल बन्दै गईरहेको अवस्थामा यसलाई व्यवस्थित गर्नु उतिकै जरुरी छ । एक्जिस्टि³ कानुनहरुको कार्यान्वयनसंगै अनौपचारिक श्रमिकहरुका सन्दर्भमा कानुनहरु अभाव छन्, कतिपय कानुनहरु जवरजस्त मजदुर विरोधी बनिरहेकाछन् त्यसलाई रोक्ने र संशोधन थप चुनौति रहेका छन् ।

यी चुनौतिहरुको सामना गर्ने, सरकारका मजदुर विरोधी नीतिहरु विरुद्ध लवि गर्ने, सुधारका लागि सुझावहरु प्रस्तुत गर्ने र मजदुर आन्दोलनको ईतिहासको विरासत बचाउदै मजदुरहरुलाई आशा र भरोसा दिलाउने नेतृत्व अहिलेको आवश्यक्ता हो । त्यो प्रण गर्दै नयां ढंगको अगुवाई गर्न सके मात्र मजदुर दिवसको सान्दर्भिकता हुनेछ ।

निष्कर्ष
लेनिनले भनेको समाजवादको अर्थ वर्गहरुको उन्मुलन र नेपालको संविधानले समाजवादप्रति प्रतिबद्ध जनाए जस्तै वर्गको उन्मुलनमुखि र समाजवाद लक्षित टङेड युनियन निर्माण जरुरी छ । सरकारका नीति, कार्यक्रम वर्गहरुको उन्मुलन गर्दै समानतामा आधारित समाज निर्माण गर्ने समाजवाद उन्मुख लक्षित गराउने दवाव सिर्जना गर्ने क्रान्तिकारी टङेड युनियनहरुको आवश्यक छ । १ सय ३० औं मे दिवसको सार्थकता यसैमा केन्द्रीत छ ।

(राई जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७