हेमन्तको ‘मजदुर’ सार्वजनिक (भिडियोसहित)


१८ बैशाख २०७६, बुधबार
hemanta

काठमाडौं, १८ बैशाख । गायक हेमन्त शर्माले मजदुर दिवसको अवसर पारेर मजदुरको कथा बोकेको गीत सार्वजनिक गरेका छन् । यो गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा मजदुरको कथालाई समावेश गरिएको छ ।

उनले गीतमार्फत साना–साना उपलब्धिहरुमा पनि खुशी मिल्ने भाव प्रस्तुत गरेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो गायक शर्माले नै निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७