शेरधन राई फराकिलाे मतले विजयी


२३ मंसिर २०७४, शनिबार
Sherdhan Rai

काठमाडौं  :   भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरधन राई भारी मतले विजयी भएका छन् । Sherdhan Rai
वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३ सय ३४ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । यो मतान्तर १३ हजार २ सय २९ हो ।
राईले यसअघि २०५६ सालको संसदिय निर्वाचन र २०७० सालको संविधान सभाको निर्वाचन जितेका थिए ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका राई प्रदेश नं को मुख्यमन्त्रीका मन्नका लागि प्रदेश सभामा उठेका हुन् । यहाँ ३० हजार ९७९ मत खसेको थियो भने छ वटा दलका उम्मेदवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७