थाइल्याण्डका राजाले आफ्नै अङ्गरक्षकसँग विहे गरेर विश्वलाई पारे ‘चकित’


१९ बैशाख २०७६, बिहीबार
thai

काठमाडौं, १९ बैसाख । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले बुधबार आफ्नै अङ्गरक्षकसँग विवाह गरेर विश्वलाई चकित पारेका छन् ।

राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबै जना अचम्ममा परेका छन् ।

thai1

विवाह समारोहको दृष्य थाई टेलिभिजनबाट बुधबार बेलुका मात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ६६ वर्षीय राजा वजिरालंगकर्ण थाइल्याण्डमा लोकप्रिय मानिन्छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् ।

thai2

सन् २०१४ मा राजा वजिरालंगकर्णको अङ्गरक्षकको टिममा समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्धबिच्छेद पनि भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७