अब रिङ्गरोडको जहाँ गए पनि २० रुपैंयाँ मात्र गाडी भाडा, बैसाखभित्रै सुविधायुक्त विद्युतीय गाडी चल्दै


१९ बैशाख २०७६, बिहीबार
sajha byd

काठमाडौं, १९ बैसाख । अब उपत्यकाबासीले रिङ्गरोडको जहाँ गए पनि गाडी भाडा २० रुपैंयाँ मात्र बुझाए हुने भएको छ ।

सुन्दर यातायात प्रालिले बैशाखभित्रै रिङरोडमा विद्युतीय गाडी चलाउने भएको छ । नीतिगत अस्पष्टताका कारण ३ महिनादेखि थन्किएको दुइ वटा विद्युतीय गाडी सञ्चालनको अन्तिम तयारी भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् ।
‘उर्जामन्त्री वर्षमान पुनले एक हप्ताभित्र महसुल निर्धारण गरी दिने बताउनु भएको छ । यातायात व्यवस्था विभाग पनि सकारात्मक छ । सायद यहि महिनाभित्र गाडी चल्छ,’ थापाले भने । हाल दुई वटा मात्र गाडी रहे पनि गाडी सञ्चालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले बताएका छन् ।
शुरुमा रिङरोडमा सञ्चालन गरिने यी सवारी विस्तारै अन्य शाखा बाटोमा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । प्रालिले रिङरोडभित्र जाहाबाट जहाँ पुगे पनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैयाँ छुट दिने योजना अगाडि सारेको छ ।
भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पेबाट तिर्न सकिने थापाले बताएका छन् । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसीलगायतको सुविधा छ भने गाडी कतै पनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने थापाले जानकारी दिएका छन् । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्रयाई सकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७