दाङ क्षेत्र नं. २ ‘क’ मा फराकिलो मतान्तरका साथ शंकर पोख्रेल विजयी


२३ मंसिर २०७४, शनिबार
Shankar Pokharel

काठमाडौं: दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले काँग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् ।

Shankar Pokhrel
जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२७ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७९ मत छ । तेस्रो स्थानमा नेकपा मालेका कपिलदेव पोख्रेल छन् । उनले १ हजार १८६ मत पाएका छन् । उनलाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।
दाङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यमा माओवादीका कृष्णबहादुर महरा र काँग्रेसका राजु खनाल प्रतिस्पर्धामा छन् । महरा जित नजिक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७