सप्तरी–२ मा उपेन्द्र यादवको फराकिलो अग्रता कायमै


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ मा ५ हजार भन्दा बढी मतले अग्रता लिएका छन्।

उनले प्रतिष्पर्धी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवलाई ५ हजार ४ सय ६२ मतले पछाडि पारेका छन्। उपेन्द्र यादवले १३ हजार ४ सय ४४ मत ल्याएका छन्। वाम गठबन्धनका उमेश यादवले ७ हजार ९ सय ८२ मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्