रसुवागढी र साञ्जेन जलविद्युतको साधारण शेयर बाँडफाँड, सभामुखलाई ६०, ऊर्जा मन्त्रीलाई ४० कित्ता


१९ बैशाख २०७६, बिहीबार
sanjen rasuwa

काठमाडौं, १९ बैसाख । साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्कासन गरेको साधारण शेयर आज (बिहीबार० ऊर्जा मन्त्रालयमा बाँडफाँड भएको छ । शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पनि उपस्थित थिए ।

साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै ५९ हजार ४५५ जना आवेदकले माग गरेअनुसार शेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार २३८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस्तै रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको साधारण शेयर पनि बिहीबार नै बाँडफाँड गरिएको छ । रसुवागढीको साधारण शेयरमा आवेदन दिनेले धेरैमा ५० कित्तासम्म शेयर पाएका छन् । ४० कित्तासम्मको शेयर माग गर्दै आवेदन दिएका आवेदकले भने माग बमोजिम नै शेयर पाएका छन् ।

सभामुख र ऊर्जा मन्त्रीलाई पनि शेयर
सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०–२० कित्ता शेयर परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७