गोर्खा फाइनान्सको खुद नाफा बढ्यो, अघिल्लो वर्षको भन्दा ५ करोड ८४ लाख बढी नाफा


१९ बैशाख २०७६, बिहीबार
gorkhas finance logo

काठमाडौं, १९ बैशाख । गोर्खा फाईनान्सको खुद नाफामा बृद्धि भएको छ । बिहिबार सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिर्पोट अनुसार फाइनान्सले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

फाइनान्सले गत वर्षको यहि अवधिको तुलनामा ५ करोड ८४ लाख रुपैयाँले बढी हो । गत वर्षको तेस्रो त्रैमासिकसम्ममा फाइनान्सको खुद नाफा ५१ लाख ६ हजार रुपैयाँ थियो ।

फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ३५ करोड २० लाख रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमासिकसम्ममा ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले १५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी एक करोड ७३ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले यस अवधिमा ११ करोड ६२ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको हो ।

चैत मसान्तसम्ममा फाइनान्सले ५५ करोड ८ लाख रुपैयाँ व्याज आम्दानी गरेर ४३ करोड ४६ लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ । यसबाट ११ करोड ६२ लाख मात्र खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्समाको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ११.३७ गुणा र निष्कृय कर्जा अनुपात ४.८९ प्रतिशत छ ।

फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् ।

यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै अाएकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७