यी हुन अग्रथानमा रहेको एमालेको विजयी सांसदहरु (सूचीसहित)


२३ मंसिर २०७४, शनिबार
minendra rijal

 काठमाडाैं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।
पछिललाे प्राप्त विवरण अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २६ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ।
यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित-३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
  23. वैतडी: दामोदर भण्डारी ३९५२४

 

नेकपा एमाले

  1. जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  2. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  3. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  4. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  5. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  6. कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
  7. जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
  8. ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
  9. धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
  10. डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०
  11. बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११
  12. बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६
  13. बाजुरा १ क -बलदेव रेग्मी (एमाले)  ९८४०
  14. जाजरकोट १ ख- करविर शाह(१५१८५)
  15. धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७
  17. बागलुङ- इन्द्रलाल सापकोटा- १७९१३
  18. सोलुखुम्बु क: उत्तम बस्नेत -१०६६८
  19. सोलुखुम्बु ख:बुद्धीकुमार राजभण्डारी -१०३७८
  20. भोजपुर १ ख: शेरधनराई (२०३२२)
  21. भाेजपु १ (क) राजेन्द्र रार्इ
  22. काठमाडाैं १ ख:गणेशप्रसाद दुलाल ४२४२

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७