प्रियंका बनिन् ‘इन्स्टाग्रामर अफ द इयर २०१९’, ३९ करोड फलोअर्स


२० बैशाख २०७६, शुक्रबार
priyanka

काठमाडौं, २० बैसाख । बलिउड अभिनेत्री प्रियंका चोपडा ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ मा चुनिएकी छन् ।

३९ करोड फलोअर भएको प्रियंका चोपडाको इन्स्टाग्राम अकाउन्ट अत्यधिक फलो गरिने अकाउन्ट बनेको छ । प्रियंका चोपडासहित अभिनेत्री दीपिका पादुकोण र भर्खरै बलिउडमा पाइला टेकेकी अभिनेत्री सारा अली खानलाई पनि ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ चुनिएको छ ।

यी तीन अभिनेत्री वर्षभर नै इन्स्टाग्राममा सबैभन्दा बढी व्यस्त र सक्रिय रहे । साथै भारतमा यी तीन जना अभिनेत्रीहरुका साथ फलोअरहरुको सक्रियता अत्यधिक रहेको बताइएको छ । अभिनेत्री दीपिका पादुकोणले भनेकी छिन्, ‘म मेरा दर्शक तथा प्रशंसकहरुसँग जिउन, हाँस्न, माया गर्न र उनीहरुसँग मेरा कुराहरु शेयर गर्नका लागि हरेक दिन इन्स्टाग्राम प्रयोग गर्छु । मेरा लागि उनीहरु धेरै महत्व राख्छन् । उनीहरुको साथ र मायाको लागि म आभारी छु ।’

सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यसपछि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन् । साराले छोटो समयमा नै सामाजिक सञ्जालमार्फत दर्शक तथा प्रशंसकहरुको अत्याधिक साथ र हौसला पाइरहेकी छिन् । उनी भन्छिन्, ‘इन्स्टाग्राम एउटा यस्तो प्लेटफर्म हो जहाँ मलाई म जस्तो छु, त्यस्तै रहन र यसको माध्यमबाट म सिधै दर्शकहरुसँग जोडिन सक्छु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७