कर्मचारीलाई खुशीको खबर, मन्त्री पण्डितले भने, ‘समायोजनमा कर्मचारीको गुनासो बैसाखभित्र सुनुवाइ हुन्छ’


२० बैशाख २०७६, शुक्रबार
karmachari staff covil wNY50lo5Zy 1

काठमाडौं, २० बैसाख । कर्मचारी समायोजनमा कर्मचारीको मर्का सुनुवाइ नभइरहेको गुनासो बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको गुनासो यहि महिनाभित्रै सम्वोधन हुने बताएका छन् ।

उनले सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी गराएका छन् । मन्त्री लालबाबु पण्डितले सकेसम्म समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो यही वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भइरहेको बताएका छन् ।

lalbabu

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइको कामलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । त्यहीकानुन व्यवस्था अनुसार, कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७