सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख युवालाई रोजगारी दिने


२० बैशाख २०७६, शुक्रबार
rojgar

काठमाडौं, २० बैसाख । सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सिजना गर्ने भएको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी र्सिजना गर्ने घोषणा गरेकी छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सिर्जना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ । अब नेपाली युवाहरुले ठूलो रकम खर्च गरेर जोखिम मोल्दै विदेशिनु पर्ने दिन हट्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७