प्रधानमन्त्रीको ‘लेटर प्याड’ नै ‘दुरुपयोग’, आफ्नै सचिवालयसँग प्रधानमन्त्री आश्चर्यचकित


२० बैशाख २०७६, शुक्रबार
PM KP Sharma Oli

काठमाडौं, २० वैशाख : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा पत्र सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा तिव्र आलोचना भयो । पत्र थियो, ‘झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई गत २९ चैत २०७५ मा पत्र ।’

प्रधानमन्त्री आफै योजना आयोगका अध्यक्ष हुन्छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयलाई योजना आयोगको उपाध्यक्षलाई पत्र लेखेका थिए । पत्रमा प्रधानमन्त्रीको आफ्नो चुनाव क्षेत्र झापा– ५ नम्बर क्षेत्रका लागि ६८ योजनाको सूची दिइएको छ ।

सार्वजनिक पत्र :-

PM Letter 1
PM letter 2
PM letter3
PM letter 4

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका आयोजनाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै पठाइएको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर योजना आयोगमा पत्राचार गरिएको थियो । यसको बोधार्थ झापास्थित ५ नम्बर क्षेत्र सांसद सम्पर्क कार्यालयलाई समेत दिइएको छ ।

पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ११, युवा तथा खेलकुद मन्त्रालयका ७, सहरी विकासका ६, खानेपानीका ५, बैकल्पिक उर्जाका ५, जल तथा उत्पन्न प्रकोप ३, मझौला सिञ्चाईं ५, डिप ट्यूवेल ४, पुल ५, पर्यटन १५ र उर्जा मन्त्रालय २ गरी ९० वटा आयोजनाहरु प्रस्ताव गरिएका थिए । 

प्रधानमन्त्री आफ्नै सचिवालयसँग चकित

View image on Twitter




यो समाचार बाहिर आए लगत्तै सामाजिक सञ्जालमा तिव्र आलोचना समेत भयो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त पत्र ट्वीट गर्दै देशैभर विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी विकास निर्माण कार्यका लागि बजेट छुट्याउन पत्र पठाएकोमा भन्दै बिरोध गरे । उनले सोधेका थिए, ‘तपाई देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

आलोचना जारी रहेकै बेला तर, प्रधानमन्त्री स्वयंमलाई पत्र बारेमा कुनै जानकारी नभएको प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । अर्यालले आफू नै अध्यक्ष रहेको आयोगबाट प्रधानमन्त्रीले त्यस प्रकारको पत्र पठाउने कुरै नआउने उल्लेख गरेका छन् ।

पत्रका कारण प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी बनेको अर्यालको विज्ञप्तिमा उल्लेख छ । 
प्रधानमन्त्रीलाई नै पत्र बारेमा जानकारी नभएको विज्ञप्तिसँगै प्रधानमन्त्री कार्यालयको लेटर प्याड नै दुरुपयोग भएको पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७