बारा र पर्साका हावाहुरी पीडितका लागि घर निर्माण कार्यकाे शिलान्यास


२१ बैशाख २०७६, शनिबार
bara

बारा, २१ बैशाख । गएको चैत १७ गते तराईको बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट पीडित जनताको लागि जनता आवास निर्माण आयोजनाको शिलान्यास भएको छ ।

नेपाली सेनाले बनाउन लागेको घरहरुको निर्माण आयोजनाको शनिबार संघीय सरकारका उपप्रधानमन्त्री, मन्त्री र प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले बाराका १० ठाउँमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गरेका हुन् ।

हुरीमा क्षति भएको फेटाको पुरैनियामा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परवानीपुरको चैनपुरमा उपप्रधान, स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रसौनीको खुटवा जब्दीमा गृह मन्त्री रामबहादुर थापा, कलैया उपमहानगरपालिकाको फुलवारीया र देवतालको रमपुर्वामा मुख्यमन्त्री लालबाबु राउत लगाएतले १० स्थानमा आवास निर्माणको शिलान्यास गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाले निर्माण गर्न लागेको घरमा दुई वटा रुख एउटा बरण्डा र एउटा वाथ रुम रहेको सेनाले जनाएको छ । पूर्ण रुपमा क्षति भएको १३ सय ६५ वटा घरहरु पहिलो चरणमा निर्माण गरिने र त्यसको लागि नेपाली सेनासहित तीन हजारको हाराहारीमा जनशक्ति परिचालन हुनेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल हुरीबाट घर बिहिन बनेकाहरुलाई साउन अघि नै नयाँ घर निर्माण गर्नुपर्ने भएकोले यसको निर्माण गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको बताए ।

सेनाले निर्माण गर्न लागेको घरहरुलाई समयमै पुरा गराउन कार्यमा प्रदेश र स्थानीय सरकारको पनि सहयोगको आवश्यकता रहेको उनले बताए। मुख्यमन्त्री मन्त्री लालबाबु राउत गद्दीले केपी ओली नेतृत्वको सरकारले हुरी पीडितहरुको समस्या बुझी घर निर्माणको जिम्मा सेनालाई दिएको कार्य सराहनिय रहेको कार्यक्रममा बताए।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल हुरीबाट घर बिहिन बनेकाहरुलाई साउन अघि नै नयाँ घर निर्माण गर्नुपर्ने भएकोले यसको निर्माण गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको बताए ।

यस्तै मुख्यमन्त्री मन्त्री लालबाबु राउत गद्दीले केपी ओली नेतृत्वको सरकारले हुरी पीडितहरुको समस्या बुझी घर निर्माणको जिम्मा सेनालाई दिएको कार्य सराय रहेको कार्यक्रममा बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७