अमनलाल मोदीले हराए कांग्रेसका महेश आचार्यलाई हराए


२३ मंसिर २०७४, शनिबार
aman lal modi

विराटनगर : मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन् । aman lal modi
मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरे ।
अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ ।
यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरे ।
यस्तै, मोरङ क्षेत्र नं– ५मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७